मंगलबार, मंसिर २०, २०७९

बागलुङबाट विप्लव समूहका दुई जना पक्राउ

फ्ल्यासन्युज नेपाल२०७७ माघ ११ गते १०:५७

प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई बागलुङबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाग्लुङको टोलीले शनिबार उनीहरूलाई बागलुङ नगरपालिका–७ गैरागाउँबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बागलुङ नगरपालिका–३ का ५३ वर्षीय बाबुलाल शाक्य र पश्चिम रुकुम सानोभेरी गाउँपालिका–३ का कमानसिंह क्षेत्री रहेको प्रहरीले जनाएको छ । शाक्य म्याग्दी जिल्लाका पूर्वसेक्रेटरी हुन् भने क्षेत्री बागलुङका पूर्वइन्चार्ज हुन् ।

तपाइँको प्रतिक्रिया