शनिबार, असोज १५, २०७९

अब देशलाई प्रचण्डमुक्त बनाउनुपर्छ – मन्त्री साह

फ्ल्यासन्युज नेपाल२०७७ माघ १० गते २०:१२

काठमाडौं । सहरी विकास मन्त्री प्रभु साहले अब देशलाई पुष्पकमल दाहाल प्रचण्ड मुक्त बनाउनुपर्ने बताएका छन । शनिबार रौतहटको गौरमा आयोजित कार्यक्रमाई सम्बोधन गर्दै उनले ३० वर्ष देखि निरन्तर पार्टीको अध्यक्ष रहेका दाहालको साथ सबै नेताहरुले किन छोडे भन्ने चिन्तन गर्न जरुरी भएको बताएका हुन ।

अहिले पनि वास्तविक माओवादीहरुले पार्टी एकता चाहेको तर लामो समय देखि अध्यक्ष पदमा रहेका पदको लोभमा डुबेको मन्त्री साहको आरोप छ । विगतको संघर्ष र बलिदानलाई बिर्सेर व्यक्तिगत फाइदाका लागी दाहालले काम गरिरहेको उनले बताए ।

मदन भण्डारीको पालाको एमालेलाई माधव नेपालले ध्वस्त बनाएको तर केपी ओलिको नेतृत्वको नेकपाले जनचाहना अनुसार काम गर्दै जनताको बिचमा उच्च छवि बनाएको उनले बताए । दुई तिहाईको बहुमत भएको प्रधानमन्त्रीलाई घेराबन्दीमा पारेर देश बर्बाद गराउन खोजेकोले अब ताजा जनादेशको लागी निर्वाचनमा जानु भन्दा अर्को विकल्प नभएको मन्त्री साहले बताए । मन्त्री साहले रौतहटको गौरमा शहरी विकास मन्त्रालय अन्तर्गतका योजनाहरुको निरिक्षण गरेका छन् ।

तपाइँको प्रतिक्रिया