कम्युनिष्टहरु मान्छेको दिमाग चाट्न सिपालु छन् : नेता सिंह
फ्ल्यासन्युज नेपाल२०७७ माघ १० गते १८:४२
काठमाडौं। नेपाली कांग्रेसका उपसभापति प्रकाशमान सिंहले कम्युनिष्टले पाएको अवसर उपयोग गर्न नसकेको बताएका छन्। काठमाडौंमा सम्पन्न एक कार्यक्रममा बोल्दै उनले पहिलो संविधान सभाबाट कम्युनिष्टले अवसर पाए पनि काम गर्न नसकेको बताएका हुन्।
कार्यक्रममा बोल्दै उनले जनताले कम्युनिष्टलाई अवसर दिए पनि काम गर्न नसक्दा कांग्रेसले गाली खानु परेको बताए। उनले भने, ‘कम्युनिष्टहरु मान्छेको दिमाग चाट्न चाहिँ सिपालु छन्, गलत कुरा गरेर ‘गोल्ड मेडल’ जित्छन्।’
संसद विघटन गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखमा चुनाव हुन्छ भने पनि सम्भावना नभएको नेता सिंहले तर्क गरे। प्रधानमन्त्रीले संविधानमा नभएको अधिकार हातमा लिएको उनले बताए। यसबारे न्याय मूर्तिले फैसला गर्ने विश्वास गरे।