महेन्द्रनगर । प्रमुख प्रतिप्क्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले मुलुकमा राजनीतिक अवस्था अस्थिर हुँदै गएकाले तोकिएको समयमा निर्वाचन हुने सम्भावना नरहेको बताएका छन्।
कञ्चनपुरको महेन्द्रनगरमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कम्युनिस्ट पार्टी फुटी नसकेको र निर्वाचन आयोगले दिने चुनाव चिह्न लगायतका कारणले निर्वाचन हुने स्पष्ट नरहेको धारणा राखेका हुन्। उनले भने, ‘हाम्रो आग्रह संसद पुनःस्थापनाका लागि नै हो। पहिलो प्राथमिकता संसद पुनःस्थापना हु्नुपर्छ भन्ने नै हो।’
त्यसैगरी, क्रियाशील सदस्यताको नामावली संकलन गर्न नसकेको र अहिलेको राजनीतिक परिस्थितिले गर्दा पार्टी महाधिवेशन समयमा हुन नसकेको जानकारी उनले दिए।