सोमबार, चैत १३, २०७९

शकुन्तला प्रधानलाई मखमलीकमल महिला गीतसंगीत पुरस्कार

फ्ल्यासन्युज नेपाल२०७७ माघ १० गते १२:०२

काठमाडौँ। शकुन्तला प्रधानलाई यस वर्षको मखमलीकमल महिला गीतसंगीत पुरस्कार प्रदान गरिने भएकाे छ। गीतसंगीतमा पाँच दशकदेखि सक्रिय योगदान पुर्याउँदै आएकी प्राध्यापक संगीतसाधक प्राज्ञ प्रधानलाई पुरस्कार प्रदान गर्ने निर्णय छनौट समितिको बैठकले सर्वसम्मत गरेकाे हाे।

छनाैट समितिमा वरिष्ठ लोकप्रिय संगीतकार राजु सिंह, संगीतकार कृष्ण गुरूङ तथा वरिष्ठ गीतकार उन्नति बोहरा शीलाको संगलग्नत रहेको थियो।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रष्टीकी अध्यक्ष साहित्यकार तथा समाजसेवी गीता खत्रीले मखमलीकमल महिला गीतसंगीत पुरस्कारको स्थापना गरेकी हुन्। सो पुरस्कार गीत र संगीतमा साधनारत नेपाली महिलालाई प्रदान गरिनेछ। हरेक २ वर्षमा वितरण गरिने सो पुरस्कारको राशी रु. २५ हजार रहने छ। सो पुरस्कारको व्यवस्थापन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले गर्ने भएको छ।

सो अवसरमा अनेसासका पूर्वकेन्द्रीय अध्यक्ष राधेश्याम लेकाली, अनेसासका नेपाल च्याप्टरका उपाध्यक्ष राजेन्द्र के.सी., महासचिव ऋृषवदेव घिमिरे, भानु प्रतिष्ठानको अध्यक्ष हरिबोल ढकाल आदिको उपस्थिति रहेको थियो। बैठकको अध्यक्षता अनेसास नेपाल च्याप्टरकी अध्यक्ष वरिष्ठ साहित्यकार सन्ध्या पहाडीले गरेकी थिइन्।

तपाइँको प्रतिक्रिया