शुक्रबार, असोज २१, २०७९

मकानपुरमा अज्ञात समूहद्वारा गाडीमा आगजनी

फ्ल्यासन्युज नेपाल२०७७ माघ १० गते ९:२७

काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ मा नचिनेको मानिसको समूहले गाडीमा आगजनी गरेको छ ।

गाडीमा हेटौँडाबाट काठमाण्डौका लागि छुटेको बा १३ च ७९६९ नम्बरको गाडी बिहान २ बजेतिर १० जनाको समूहमा आएकाहरुले चालकलाई गाडीबाट ओरालेर आगजनी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आगजनी गर्ने व्यक्ति नेकपा विप्लव समूहका कार्यकर्ता रहेको शङ्का गरिएको छ । यसैगरी मकवानपुरको वाग्मती गाउँपालिका-४ झुरझुरेमा शङ्कास्पद वस्तु भेटिएको छ ।

धरान चतरा सडकखण्ड अन्तर्गत वाग्मती-४ झुरझुरेमा सडकखण्डको बीचमै शङ्कास्पद वस्तु भेटिएको र सेनाको सहयोगमा नष्ट गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । कालोराते तारसहितको वस्तु सडकको बीचमै भेटिएपछि सडकखण्ड बन्द गरिएको छ ।

यस्तै हेटौँडा–५ सिँचाइ टोल नजिक झोलामा शङ्कास्पद वस्तु भेटिएको छ ।

तपाइँको प्रतिक्रिया