काठमाडौँ । दाहाल-माधव समूहले राजधानीमा आज (शुक्रवार) आयोजना गरेको वृहत प्रदर्शनका कारण केपी ओली पक्षकी नेतृ एवं मन्त्री पद्मा अर्याल गाडी छोडेर पैदल हिँडेकी छिन्।
प्रचण्ड-नेपाल समूहले बिहान ११ बजेतिरै जुलुस निकाल्न तोकिएका चोक चोकमा कार्यकर्ताहरु भेला हुन सुरु गरिसकेका थिए।
जुलुस सुरु गर्नका लागि एउटा केन्द्र तोकिएको थियो ललितपुर कुपण्डोल क्षेत्र। ललितपुर क्षेत्रका कार्यकर्ताहरु कुपण्डोलमा भेला हुँदा नहुँदै आसपासमा रौतहटको जुलुस प्रदेश २ को जुलुसमा मिसिन माइतीघर मण्डलातिर अगाडी बढेपछि ट्राफिक जाम सुरु भइसकेको थियो ।
कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा अर्याल त्यही समय सिंहदरकार जाँदै थिइन्।
मन्त्री निवासबाट सिंहदरबार आउँदै गर्दा जाम परेपछि उनी झरेर हिँड्न सुरु गरिन् ।
थापाथली इन्जिनियरिङ क्याम्पस अगाडि उनको गाडी थियो । मन्त्री अर्याल केहीबेरको पैदल यात्रापछि त्यहीँबाट गाडी चढिन् र मन्त्रालय तर्फ लागिन् ।