मंगलबार, जेठ १६, २०८०

ओली कम्युनिष्ट पार्टीको सदस्य बन्न योग्य छैनन्- नेपाल

फ्ल्यासन्युज नेपाल२०७७ माघ ९ गते २०:११

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल नेपाल समूहका अध्यक्ष माध नेपाल कुमार नेपालले प्रधानमन्त्री ओलीलाई कम्युनिष्ट पार्टीको सादरण सदस्य समेत हुने योग्यता नभएको बताएका छन् ।

शुक्रबार दाहाल नेपाल समूहद्वारा आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले ‌कम्युनिस्ट पार्टी सदस्य बन्न योग्य नरहेको र ओलीले असंवैधानिक तबरले कदम चालेकाले उनीहरुसँग मिलेर जाने अवस्था नरहेको प्रस्ट्याएका हुन् ।

नेता नेपालले ओलीले भने, ५० वर्षसम्म दुस्ख मात्रै दिएको बताए । ‘केपी ओलीले ५० वर्षसम्म हैरान पारे, दुस्खमात्रै दिए । मैले जहिले थम्थमाए । मलाई दुस्ख मात्रै दिए । जहिले हुर्मत लिने मात्रै काम गरे । पार्टी एकता गरेपछि केपी ओली सुध्रिन्छन् कि भन्ने सोच्यौं तर सुध्रिएनन् ।

केपी ओलीलाई कम्युनिष्ट पार्टीको सदस्यबाट निस्कासन गर‍्‍यौं । उहाँले स्पष्टीकरणको जवाफ दिनु भएको छैन, अध्यक्ष नेपालले थपे, म भर्खर सुर्खेतबाट आउँदै छु । कतै चिठी आइहाल्यो कि ?सुध्रेको कुनै कागज आएको छ कि ?गल्ती गरेको स्वीकार गरेका छन् कि ? कतै माफी मागेका छन् कि ? कतै प्रतिनिधिसभा विघटन गर्नु गलत हो, त्यो पुनस्स्थापना गर्न म पनि जुलुसमा हुन्छु भन्छन् कि ?मान्छेले गल्ती गर्छन् अपराध गर्छन् । अनि समयमा सच्चिन्छन् भने केही समय जेलमा राखेर फेरि निकालौंला । केही फरक पर्दैन । हैन भने सुरुमै माफी दिउँला । केही फरक पर्दैन ।ु

तपाइँको प्रतिक्रिया