शुक्रबार, असोज १४, २०७९

पहिलो चरणको निर्वाचन प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा हुन्छ- प्रधानमन्त्री

फ्ल्यासन्युज नेपाल२०७७ माघ ९ गते १९:५७

काठमाडौं । सशस्त्र प्रहरी बलको २० औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो चरणमा प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा मध्यावधि निर्वाचन हुने जानकारी गराएका छन् ।

उनले निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलिरहित ढंगले सम्पन्न हुने समेत बताए ।यसको औपचारिक निष्कर्ष ननिस्किए पनि दुई चरणमा हुने निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सबैको उत्तिकै दायित्व रहने उनले बताए ।

उनले सुरक्षा निकायलाई निष्पक्ष र विधिसम्मत तरिकाले अघि बढ्न आग्रह समेत गरे । सरकारले आगामी वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचनको मिति तोकेको छ ।

तपाइँको प्रतिक्रिया