नेपालमा कोरोनाको खोप पठाएको भारतीय कम्पनीमा आगलागी
काठमाडौँ। नेपालमा कोरोना भाइरस (कोभिड–१९) को भ्याक्सिन पठाएको सेरम इन्स्टिच्युट अफ इन्डियाको भवनमा आगलागी भएको छ । भारतीय समय अनुसार दिउँसो करिब तीन बजे आगलागी भएको प्रेस ट्रष्ट अफ इन्डियाले जनाएको छ ।
आगलागीबाट भएको क्षतीको विवरण भने आउन अझै बाँकी छ । सेरमले कोभिसिल्ड नामक भ्याक्सिन उत्पादन गर्छ । त्यस कम्पनीबाट उत्पादित भ्याक्सिन कोभिसिल्डको १० लाख डोज भारतले नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ । जो आज मात्रै नेपाल आइपुगेको हो।
कम्पनीका प्रुमख कार्यकारी अधिकृत अदम पुनावालाले भवनको केही तलामा क्षति पुगे पनि मानवीय क्षति भने नभएको ट्वीटमार्फत जानकारी दिएका छन् ।
आगलागीको कारणबारे अध्ययन भइरहेको महाराष्ट्र प्रहरीका प्रमुख उद्दव थाक्रेले प्रेस ट्रष्ट अफ इन्डियालाई बताएका छन् । आगालागीका कारण खोप उत्पादनमा कुनै समस्या नपर्ने कम्पनीको दाबी रहेको छ ।