आज ३३६ जनामा कोरोना पुष्टि, २२६ डिस्चार्ज
फ्ल्यासन्युज नेपाल२०७७ माघ ८ गते १७:१२
योसँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ६८ हजार ६४६ पुगेको छ । संक्रमितमध्ये २ लाख ६२ हजार ८६८ जना निको भएका छन् । आज थप २२६ जना निको भएका छन् ।
आज देशभर ३ हजार ७९९ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये ८९२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । १५० जना आईसीयू, ३४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
आज काठमाडौं उपत्यकामा ७३ महिला र १२५ पुरुष गरी १९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा १४६ भक्तपुर १६ र ललितपुरमा ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।