बिहीबार, जेठ १८, २०८०

राजधानी आइपुग्यो कोरोनाविरुद्घको खोप

फ्ल्यासन्युज नेपाल२०७७ माघ ८ गते १७:०८

काठमाडौँ । भारतले नेपाललाई अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्घको खोप आज काठमाडौँ आइसकेको छ। केहीबेरअघि एयर इन्डियाको विमानबाट खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो।

गत बुधबार नेपाललाई भारतले अनुदानमा १० लाख डोज कोरोना खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेको थियो। अक्सफोर्ड/एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप भारतले नेपाललाई दिन लागेको हो। नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य मन्त्रालयलाई उक्त खोप हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ। नगर प्रहरीले स्कर्टिङ गरी खोपलाई टेकुस्थित स्वास्थ्य सेवा विभागमा भण्डारणका लागि लगिने छ। टेकुस्थित स्वास्थ्य सेवा विभागबाट प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा खोप वितरण गरिने योजना रहेको जनाइएको छ।

तोकिएका खोप केन्द्रहरूबाट पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्ने टोलीलगायतलाई खोप दिइने मन्त्रालयले जनाएको छ।

तपाइँको प्रतिक्रिया