आइतबार, चैत १२, २०७९

‘पूर्वएमाले देखिकै घाँडे ओलीलाई, साधारण सदस्यबाट हटाइनेछ’ -माधव नेपाल

फ्ल्यासन्युज नेपाल२०७७ माघ ८ गते १७:०५

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आज बिहीबार आयोजित बृहत् विरोधसभालाई सम्बोधन गर्दै नेकपाको प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट हटाउने घोषणा गरेका छन्।

नेपालले भने, ‘केपी ओली २०७१ देखि पूर्वएमालेमा पनि घाँडै थिए, पार्टी एकिकरण पछि पनि घाँडै भए,’ ‘आजदेखि उनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको घोषणा यहीँबाट गर्छौं ।’

उनले थपे, ‘तीनदिन अगाडी बालुवाटारमा चिटी पठाएर स्पष्टिकरण मागेका थियौं, ओलीले जवाफ दिने आँट गरेनन्, आजै चिठी लेखेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को साधारण सदस्य समेत नरहने गरी केपी ओलीलाई निस्कासन गर्दैछौं ।’

तपाइँको प्रतिक्रिया