दलहरुको गतिविधिले अदालत प्रभावित हुँदैन- प्रधानन्यायाधीश जबरा
फ्ल्यासन्युज नेपाल२०७७ माघ ८ गते ७:४१
काठमाडौ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले संसद विघटनका विषयमा दलहरुले गरिरहेका गतिविधिबाट अदालत प्रभावित नहुने बताएका छन् । संसद विघटन विरुद्धको मुद्दामा बुधबारको सुनुवाइमा रिट निवेदकले उठाएको प्रश्नमा प्रधानन्यायाधीश जबराले बाहिरको कुराले आफूहरु प्रभावित नहुने बताएका हुन् ।
रिट निवेदक कञ्चन कृष्ण न्यौपानेले प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रुपमा संसद पुनस्र्थापना हुँदैन भनिरहेको बताए । कार्यपालिका प्रमुखले शक्ति पृथकीकरणको सिद्धान्त विपरीत बोलेको भन्दै न्यौपानेले प्रधानमन्त्रीले अदालतको कार्यक्षेत्रमा हस्तक्षेप गरिरहेको बताए ।
न्यौपानेलाई रोक्दै प्रधानन्यायाधीश जबराले बाहिरको कुराले तपाइँ प्रभावित हुनुहुन्छ भन्ने प्रश्न गर्दै तपाइ हुनुहुन्न भने हामी पनि हुन्नौ भनेका थिए ।