शनिबार, असोज १५, २०७९

अमेरिकाको ४६ औं राष्ट्रपतिका रूपमा ७८ वर्षीय जो बाइडेनले शपथ लिए

फ्ल्यासन्युज नेपाल२०७७ माघ ८ गते ७:३२

एजेन्सी ।अमेरिकाको ४६ औं राष्ट्रपतिका रूपमा बुधबार ७८ वर्षीय जो बाइडेनले शपथ लिएका छन् । नोभेम्बर तीनमा भएको निर्वाचनमा राष्ट्रपतिमा निर्वाचित बाइडेनले पूर्व निर्धारित कार्यक्रम अनुसार आज बेलुका अमेरिकी संसद् भवनमा शपथ ग्रहण गरेका हुन् ।

बाइडेनले जम्मा ३५ शब्दको शपथ लिएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । बाइडने अघि अमेरिकाको उपराष्ट्रपतिमा निर्वाचित भएकी कमला ह्यारिसले पनि पद तथा गोपनीयताको सपथ लिएकी थिइन् । कोरोना महामारीका कारण सपथ कार्यक्रम सामान्य बनाइएको छ । सपथ समारोहमा एक हजार दुई सय मानिस स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सहभागि भएका थिए ।

बाइडेनको जित प्रमाणित गर्न आयोजित संसद बैठकमा ट्रम्प समर्थकले आक्रमण गर्दा प्रहरी सहित पाँच जनाको मृत्यु भएकाले सपथ समारोहमा सुरक्षा सतर्कता बढाइएको छ ।

शपथ ग्रहण गर्नुअगाडि नै अमेरिकी संसद् भवन वरपर २० हजारभन्दा बढी सैनिक तैनाथ गरिएका छन् । हिंसात्मक प्रदर्शन हुनसक्ने अनुमानले पचासवटै राज्यमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

तपाइँको प्रतिक्रिया