भोली नै कोरोनाविरुद्धको खोपको पहिलो खेप नेपाल आइपुग्छ- स्वास्थ्यमन्त्री त्रिपाठी
फ्ल्यासन्युज नेपाल२०७७ माघ ७ गते १४:२५
काठमाडौं । स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठी भोलि नै कोरोनाविरुद्धको खोपको पहिलो खेप नेपाल आइपुग्ने बताएका छन् । भारत सरकारले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिएको बताउँदै भोली नै नेपालमा आइपुग्ने बताएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बुधबार आयोजित पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी दिए । भारतले सिरम इन्स्टिच्युट अफ इन्डिया(एसआईआई) ले अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि निर्माता कम्पनी एस्ट्राजेनेकासँग मिलेर विकास गरेको कोभिसिल्ड नेपाललाई अनुदानमा उपलब्ध गराएको हो ।
अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले संयुक्त रुपमा विकास गरेको ‘एजेडडी१२२२’ नामक खोपलाई भारतको एसआईआईले ‘कोभिसिल्ड’को नाममा उत्पादन गरेको हो ।