मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएका बागमती र प्रदेश एकमा आजबाट हिउँदे अधिवेशन
फ्ल्यासन्युज नेपाल२०७७ माघ ७ गते ८:५१
काठमाडौं । मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएका दुई प्रदेशको हिउँदे अधिवेशन आजबाट शुरु हुँदैछ । सत्तारुढ नेकपामा विभाजन आएपछि शुरु हुन लागेको प्रदेश एक र बागमती प्रदेशको अधिवेशनमा मुख्यमन्त्रीले अविश्वासको सामना गर्नुपर्ने भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन प्रदेश तीनका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दाहाल नेपाल समूहको नेकपाले अविश्वास प्रस्ताव दर्ता गराएको छ ।
प्रदेश एकका मुख्यमन्त्री शेरधन राईविरुद्ध पनि सोही समूहले अविश्वास दर्ता गराएको छ । प्रस्ताव पास हुन आवश्यक मत दाहाल(नेपाल पक्षसँग नभएकाले दुबै प्रदेशमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको मत निर्णायक हुने देखिन्छ । कांग्रेसले भने कसलाई सहयोग गर्ने भन्ने औपचारिक निर्णय गरेको छैन ।