संघीय राजधानी काठमाडौं बाहिर सारौं : बाबुराम भट्टराई
फ्ल्यासन्युज नेपाल२०७७ माघ ६ गते १३:५९
काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराईले संघीय राजधानी काठमाडौँ बाहिर सार्न प्रस्ताव गरेका छन् । ट्वीट गर्दै नेता भट्टराईले संघीय राजधानीलाई उपत्यकाबाहिर सार्नुपर्ने बताएका हुन् ।
विकास र संरक्षणबीचको अन्तरसम्बन्ध कायम गर्न नसक्दा र भूमाफियालाई छाडा छाड्दा केही दशकमै काठमाडौँ उपत्यका कंक्रिटको जंगल बनेर बस्नै अयोग्य भएको उनको भनाइ छ ।
पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले राजधानीको जमिन सम्वन्धी समस्या समाधानका लागि तुरुन्त राष्ट्रिय भू–उपयोग नीति लागू गर्नसमेत माग गरेका छन् ।