यूएईको नेपाली दूतावासका तीन जना कर्मचारीमा कोरोना सङ्क्रमण, कन्सुलर सेवा बन्द
फ्ल्यासन्युज नेपाल२०७७ माघ ६ गते ११:०३
यूएई । यूएईको नेपाली दूतावासका तीन जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीन जना कर्मचारीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि यूएईमा रहेको नेपाली दूतावासले आफ्नो कन्सुलर सेवा बन्द गरेको छ ।
दूतावासले विज्ञप्ती जारी गर्दै मंगलबारदेखि राहदानी, यात्रा अनुमति, भिसा, अधिकृत वारिसनामा, मागपत्र प्रमाणिकरण लगायत अन्य कागजात प्रमाणिकरणको काम अनिश्चितकालका लागि बन्द गरेको जनाएको छ । तर अत्यन्त जरुरी एवं भौतिक उपस्थितिबिना लिन सकिने सेवाहरु भने यथावत रुपमा प्रदान गरिने दूतावासले उल्लेख गरेको छ ।
दूतावासको फ्रन्ट लाइनमा कार्यरत ३ जना स्थानीय कर्मचारीमा कोरोना सङ्क्रमण भएको छ । अत्यावश्यक कामका लागि भने दूतावासमा ०२६३४४३८५ नम्बरमा फोन गरेर या [email protected] मा सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ ।