भारतको सुरतको फुटपाथमा सुतेका १५ मजुदरलाई ट्रकले किचेर मार्यो
एजेन्सी । भारतको सुरतकाे कोसम्बामा फुटपाथमा सुतेका मजदुरलाई ट्रकले किच्दा कम्तिमा १५ जनाको मृत्यु भएको छ । १२ जनाको घटनास्थलमै र अन्य २ जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
सुरत नजिकैको कोसाम्बा क्षेत्रको फुटपाथमा सुतेका मजदुरमाथि ट्रक कुदेको हो । उखु बोकेको ट्याक्ट्ररसँग ठोक्किएपछि ट्रकका चालकले नियन्त्रण गुमाएकाले दुर्घटना भएको बताइएको छ ।
राजस्थानको बान्सावारा जिल्लाका दैनिक ज्यालादारी गर्ने १८ जना मजदुरहरू सुतेको स्थानमा ट्रक कुदेको हो । दुर्घटनामा घाइते भएका सात जनालाई अस्पताल लगिएको छ । प्रहरीले ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदी, राजस्थानका राज्यपाल कालराज मिश्र र मुख्यमंत्री अशोक गहलोतले दुर्घटनामा शोक व्यक्त गरे। मृतकको शव आइतवार उनीहरूको परिवारलाई हस्तान्तरण गरियो। जिल्ला प्रशासनले दुर्घटनामा मारिएका परिवारका सदस्यहरुलाई दुई लाख र घाइतेहरुलाई ५० / ५० हजार रुपैयाँ सहयोग गरेको छ।