सोमबार, चैत १३, २०७९

सामसुङका अध्यक्षका छोरालाई साढे दुई वर्षको जेल सजाय

फ्ल्यासन्युज नेपाल२०७७ माघ ६ गते ८:५४

एजेन्सी । सामसुङका मुख्य लगानीकर्ता तथा उपाध्यक्ष ई छोङ योङलाई साढे दुई वर्षको जेल सजाय भएको छ । दक्षिण कोरियास्थित उच्च अदालतले आफ्नो कम्पनीलाई फाइदा पुर्‍याउन घूस दिएकोमा दोषी ठहर गर्दै आज उनलाई जेल सजाय सुनाएको हो ।

सन् २०१४ मा बुबा सामसुङ कम्पनीका अध्यक्ष ई कोन हुई विरामी भएपछि नै योङले कम्पनीको नेतृत्व गर्दै आएका थिए । गत वर्ष अक्टोबरमा हुईको निधन भएको थियो । उनलाई सन् २०१७ को फेब्रअरीमा पार्क ग्युन हे राष्ट्रपति हुँदा सामसुङलाई फाइदा पुर्‍याउन ३० अर्ब वन भन्दा बढी घुस दिएको आरोपमा पक्राउ गरिएको थियो ।

उनलाई जिल्ला अदालतले पाँच वर्ष जेल साजाए सुनाएको भए पनि सन् २०१८ मा उच्च अदालतले सजाय कम गर्दै जेलमुक्त गरेको थियो ।

तपाइँको प्रतिक्रिया