काठमाडौं उपत्यकामा सुरक्षा सतर्कता बढायो
फ्ल्यासन्युज नेपाल२०७७ माघ ६ गते ८:२०
काठमाडौं । दिनहुँ जस्तो राजधानीमा राजनीतिक दलका सभा सम्मेलन र प्रदर्शन हुन थालेपछि प्रहरीले सतर्कता बढाएको छ । प्रतिनिधि सभा भंग गरेपछि दल, नागरिक समाज लगायतका संघसंस्थाले प्रदर्शन गर्न थालेपछि प्रहरीले थप सुरक्षाकर्मी परिचालन गरेको हो ।
सुरक्षा चुनौती,व्यबस्थापन र आगामी निवाचनमा केन्द्रित भएर आवश्यक तयारी गरिसकिएको प्रहरीले जनाएको छ । नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले सरकार बिरुद्धको आन्दोललाई आवेग सहित आक्रामक बनाउन युवा विद्यार्थीलाई निर्देशन दिए सँगै प्रहरी थप सतर्क भएको हो ।
अध्यक्ष दाहालले अहिलेसम्मको आन्दोलनले सरकारलाई कुनै असर नगरे पछि सडकमा टाउको फुटाउने गरि आन्दोलन हुने र त्यसकोे नेतृत्व आफैले गर्ने अभिव्यक्ति आइतबार दिएका थिए ।