आइतबार, चैत १२, २०७९

ओलीले संसद् होइन, संविधान र गणतन्त्रको विघटन गरे- प्रचण्ड

फ्ल्यासन्युज नेपाल२०७७ माघ ५ गते १६:१७

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीले संसद्को नभई संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको विघटन गरेको बताएका छन्।

सोमबार अखिल नेपाल महिला संघ केन्द्रीय समितिको बैठकमा बोल्दै प्रचण्डले प्रधानमन्त्री ओलीलाई संसद् विघटन गर्ने अधिकार नभएको बताए।

केपी ओलीले विघटन गरेको संसद् होइन। संसद् विघटन गर्ने उहाँलाई कुनै अधिकार छैन। उहाँले विघटन गरेको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको विघटन हो,उनले भने।

प्रचण्डले प्रतिनिधि सभा विघटनका विरुद्ध जनताले संघर्ष गर्नुपर्ने बताए। नेपाली जनताले ७० वर्ष लडेर ल्याएको यो उपलब्धिको रक्षाको लागि फेरि एकपटक संघर्षको मैदानमा उत्रिनुको विकल्प छैनु, उनले भने, संघर्षको विकल्प नदेखेरै आफूहरुले जनताको अदालतमा जान चाहेको बताए। जनताको अदालत दह्रोसँग उभियो भने सर्वोच्च अदालतलाई पनि सजिलै होला। निर्वाचन आयोगलाई पनि सजिलै होला।

प्रचण्डले ओलीकै कारण पार्टीमा समस्या आएको बताए। ओलीले पार्टी एकता गर्दा दुई पाइलट चाहिन्छ भनेको उल्लेख गर्दै उनले पछि भने उनले अर्को पाइलटलाई पछाडि बस्, म एक्लै प्लेन हाँक्छु भनेपछि कुरा बिग्रिएको प्रचण्डले बताए।

तपाइँको प्रतिक्रिया