बिहीबार, असोज २०, २०७९

बेलायतबाट फर्किएका तीन जना नेपालीमा नयाँ प्रकारको कोरोना भाइरस पुष्टि

फ्ल्यासन्युज नेपाल२०७७ माघ ५ गते १४:१२

काठमाडौं । नेपालमा तीन जनामा नयाँ प्रकारको कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पुसको पहिलो हप्ता बेलायतबाट नेपाल आएका तीन जनामा कोरोना भाइरसको नयाँ प्रकारको सङ्क्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

बेलायतबाट आएका ६ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको थियो । उनीहरूको नमुना जिन सिक्वेन्सिङ गर्न पुस २७ गते हङकङ प्रयोगशालामा पठाएकोमा उनीहरूमध्ये तीन जनामा कोरोनाको नयाँ प्रकार भएको पुष्टि भएको गौतमले जानकारी दिए ।

कोरोनाको नयाँ प्रकार देखिनेहरूमा २८ वर्षीया महिला तथा ३२ र ६७ वर्षीय पुरुष रहेका छन् । लक्षण नदेखिएका उनीहरूमध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरुषको पीसीआर रिपोर्ट नेगेटिभ आइसकेको र एक जना आइसोलेशनमै रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

तपाइँको प्रतिक्रिया