बिहीबार, चैत ९, २०७९

प्रधानमन्त्रीको हैसियतमा गरेका कामहरुको जवाफदेहिता लिन तयार छु: ओली

फ्ल्यासन्युज नेपाल२०७७ माघ ४ गते १९:२५

काठमाडौ । प्रधानमन्त्री केपी ओलीले आफुले प्रधानमन्त्रीको हैसियतमा गरेका कामहरुको जवाफदेहिता लिन तयार रहेको बताएका छन् । आइतबार अखिल नेपाल महिला संघको काठमाडौँमा आयोजित केन्द्रीय कमिटीको दोस्रो बैठकमा बोल्दै ओलीले प्रधानमन्त्रीको हैसियतमा गरेका कामहरुको जवाफदेहिता लिन तयार रहेको बताएका हुन् ।

आफुले संविधानसम्मत् तथा कानुनसम्मत् काम गरेको उनको भनाई छ । लोकतन्त्र, गणतन्त्र तथा राष्ट्रको सार्वभौमसत्ताको पक्षमा आफु रहेको प्रधानमन्त्री ओलीको दाबी छ ।

प्रधानमन्त्री ओलीले दाहाल–नेपाल पक्षले स्वतन्त्र न्यायपालिकाको मर्यादा माथि हमला गर्ने तथा हुर्मत लिने काम गरेको आरोप लगाए । निर्वाचन आयोगलाई निर्वाचन नगर्न आग्रह गरेर लोकतान्त्रिक अभ्यास र संविधान कार्यान्वयनको विपरित लागेको उनको आरोप छ ।

प्रधानमन्त्री ओलीले पार्टी विभिन्न गुट उपगुटमा विभक्त भएकाले एकिकरण प्रक्रिया सम्पन्न हुन नसकेको बताए । विगत ३ वर्षको अवधिमा पार्टीको नीति, उद्देश्य, गन्तव्य केही नभएको उनको भनाई छ ।

तपाइँको प्रतिक्रिया