२६६ जना कोरोना संक्रमित थपिए, थप ५ जनाको मृत्यु
फ्ल्यासन्युज नेपाल२०७७ माघ ४ गते १९:०३
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ सय ६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसंगै हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६७ हजार ३२२ पुगेको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ९ सय ५९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ४ सय जना निको भएर फर्किएका छन्। कोरोनाबाट निको हुनेको कुल संख्या २ लाख ६१ हजार ४४४ पुगेको छ। हाल सम्म सक्रिय कोराना संक्रमितका संख्या ३ हजार ९ सय १९ रहेको छ ।