बुधबार, चैत ८, २०७९

ओलीले ओलीवाद लादेर पार्टीलाई बर्बाद पारे: नेपाल

फ्ल्यासन्युज नेपाल२०७७ माघ ४ गते १८:४६

काठमाडौ । नेकपा दाहाल नेपाल समूहका अध्यक्ष माधव नेपालले अध्यक्ष बन्न लायक नभएकै कारण केपी ओलीलार्ई अध्यक्षबाट हटाइएको दाबी गरेका छन् । सो समूहको बर्दिया पार्टीले गुलरियामा आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा अध्यक्ष नेपालले ओलीमा गुटको गतिशीलता र नकारात्मक सोँच मात्रै रहेको आरोप लगाए ।

त्यस्तै आइतबारै नेपालगन्जमा भएको सभामा अध्यक्ष नेपालले ओलीले नीति र विधिमा भन्दा ओलीवाद लादेर पार्टीलाई बर्बाद पारेको आरोप लगाए । उनले हिजो ओलीले प्रधानमन्त्री बन्नका लागि मात्र दुई पार्टीलाई भ¥याङ बनाएको आरोप पनि लगाए ।

अध्यक्ष नेपालले आफ्नो पक्षसंग दुईतिहाई भन्दा बढी केन्द्रीय सदस्य भएकोले सुर्य चिन्ह पाउने र आधिकारिक पार्टी बन्ने दावी गरे । भेलालाई प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज युवराज ज्ञवाली, स्थायी कमिटी सदस्य वर्षमान पुन लगायतले सम्बोधन गरेका थिए ।

तपाइँको प्रतिक्रिया