शनिबार, मंसिर २४, २०७९

प्रतिनिधि सभा विघटन विरुद्धको मुद्धामा बहस सुरु

फ्ल्यासन्युज नेपाल२०७७ माघ ४ गते १२:२७

काठमाडौं । प्रतिनिधि सभा विघटन विरुद्धको मुद्धामा बहस सुरु भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस सुरु भएको हो । सर्वोच्च अदालतको गत शुक्रबारको आदेशअनुसार आइतबारदेखि प्रतिनिधिसभा विघटनको निवेदनमाथि निरन्तर सुनुवाइ हुँदै छ ।

आइतबार निवेदकका तर्फबाट बहस सुरु भएको हो । सुरुमा निवेदक अधिवक्ता सन्तोष भण्डारीले बहस गर्दै छन् । त्यसपछि सरकारी पक्षले निर्णयको प्रतिरक्षा गर्नेछ । अनि मुद्दा हाल्ने निवेदकहरूका तर्फबाट फेरि जवाफ दिइनेछ ।

बहसमा रिट निवेदकका वकिलहरूले संसद विघटनसम्बन्धी संविधान सभामा भएको छलफलको रेकर्ड मगाउन माग गरेका छन्।

बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले इजलाससमक्ष सो माग गरेका हुन्। त्रिपाठीको मागमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले भनेऽ यो कुरा पहिला नै आएको छ, हाम्रो नोटमा छ। आवश्यक परे रेकर्ड मगाउँछौं।

अदालतका सहयोगीहरूले पनि यही क्रममा आफ्नो राय दिनेछन् । इजलासले निश्चित समय तोकेर दुवै पक्षका कानुन व्यवसायीहरूलाई बहसनोट पेस गर्न आदेश दिन सक्छ । त्यसपछि निश्चित अवधि राखेर इजलासले प्रतिनिधिसभा विघटन संविधानसम्मत थियो वा थिएन भन्ने निर्णय सुनाउनेछ ।

 

तपाइँको प्रतिक्रिया