बिहीबार, मंसिर १४, २०८०

सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घट्यो

फ्ल्यासन्युज नेपाल२०७७ माघ ४ गते १२:०४

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य ओरालो लागेको छ । साताको पहिलो दिन सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेर ९१ हजार आठ सय रुपैयाँमा कारोबार भएको छ ।

तेजाबी सुनको मूल्य पनि तोलामा पनि सात सय रुपैयाँले घटेर ९१ हजार तीन सय रुपैयाँमा कारोबार भएको छ । चाँदीको मुल्य पनि प्रति तोला तीस रुपैयाले घटेको छ । चाँदी प्रतितोला एक हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको संघले जानकारी दिएको छ ।

पछिल्लो एक सातामा मात्रै सुनको मूल्य प्रति तोला २ हजार आठ सय रुपैयाले कम भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउ घटेसँगै नेपाली बजारमा पनि त्यसको असर देखिएको हो ।

तपाइँको प्रतिक्रिया