मंगलबार, जेठ १६, २०८०

प्रधानमन्त्री कप क्रिकेटमा आज दुई खेल हुँदै

फ्ल्यासन्युज नेपाल२०७७ माघ ४ गते १०:००

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् । समुह बीको खेलमा बागमती प्रदेश र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्दैछन । विभागीय टिम प्रहरीविरुद्ध उत्रदै गर्दा बागमती पहिलो जितको खोजीमा हुनेछ ।

खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा अहिले केही बेरमा हुनेछ । समूह ए मा रहेका त्रिभुवन आर्मी र कर्णाली प्रदेशको खेल पनि आजै मुलपानी क्रिकेट मैदानमा हुँदैछ । आर्मी क्लब लगातार दोस्रो जित निकाल्ने प्रयासमा हुनेछ ।

आर्मीले पहिलो खेलमा गण्डकीलाई हराएको थियो । बलियो टिम आर्मीविरुद्ध जित निकाल्दै प्रतियोगिताको सुखद सुरुवात गर्ने लक्ष्य कर्णालीको छ ।

प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमले प्रतिस्पर्धा गरिरहेका छन् । १० टोलीलाई २ समूहमा विभाजन गरेको छ । समूहको शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउने छन् ।

राष्ट्रिय खेलकुद परिषद्को आर्थिक सहयोग तथा नेपाल क्रिकेट संघको व्यवस्थापनमा शुक्रबारबाट शुरू भएको प्रतियोगिता माघ १७ सम्म चल्नेछ ।

तपाइँको प्रतिक्रिया