मंगलबार, असोज ११, २०७९

आजदेखि प्रतिनिधि सभा विघटनविरुद्धको मुद्धा संवैधानिक इजलासमा सुनुवाइ हुँदै

फ्ल्यासन्युज नेपाल२०७७ माघ ४ गते ८:५५

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुध्दको मद्दामा आइतबारदेखि निरन्तर सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासले आजदेखि निरन्तर सुनुवाइ गर्ने भएको हो ।

प्रधानन्यायाधीश जबरासहित संवैधानिक इजलासमा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन् । यसअघि शुक्रबारको इजलासले बृह्तपूर्ण इजलासमा लैजानुपर्ने रिट निवेदकको मागलाई अस्वीकार गर्दै वैधानिक इजलासबाट मुद्दाको सुनुवाइ गर्ने आदेश दिएको थियो ।

पुस १० गते सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन गर्नुपर्ने कारणसहित लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको थियो । आदेशअनुसार राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुखले गत पुस १९ गते महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेश भइसकेको छ।

तर, लिखित जवाफ दिएको फाइल नै प्रधानमन्त्री कार्यालयले फिर्ता लिएपछि सर्वोच्चमा अर्को विवाद सुरु भएको छ ।

तपाइँको प्रतिक्रिया