बिहीबार, असोज २०, २०७९

प्रधानमन्त्री ओलीलाई योगेश भट्टराईकाे जवाफ,तपाईको स्तर थाहा पाएँ

फ्ल्यासन्युज नेपाल२०७७ माघ ४ गते ८:१८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई दाहाल नेपाल समूहका नेता योगेश भट्टराईले ओलीको स्तर थाहा पाएको बताएका छन् । शनिबार प्रधानमन्त्री तथा नेकपाको ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले भट्टराईलाई बैगुनी केटाको संज्ञा दिएका थिए । भट्टराइलाई आफूले अवसर दिएको तर अहिले चटक्कै छाडेर गएको बताए ।

ओलीले भनेका थिए,भएको थियो-‘बैगुनी केटाकेटीबारे केही भन्नु छैन । आफू दौडेर गएर केटालाई जिताएर पठाउनुस् मन्त्री बनाएर पठाउछु भनेँ । मन्त्री पनि बनाइयो । एक दिन पुक्क लात्तीले हानेर भाग्यो । को रहेछ भनेर यसो हेरेको त उही केटो पो रहेछ’।

त्यसको जवाफमा नेता भट्टराईले ट्विट मार्फत भनेका छन्, केटा र केटीहरुको रगत, पसिना र मेहनतको जगमा खडा भएको ब्यबस्था मै यहाँले कुर्सीप्राप्त गर्नुभएको हो ।  केटो भनिपाउदा मलाई दुस्ख छैन । तपाईंको स्तर थाहा पाएँ खुशी लाग्यो ।

तपाइँको प्रतिक्रिया