न्यायाधशीहरुलाई भेट्यो भन्दै गलत प्रचार गरियो: प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायाधीशलाई भेटेको भन्दै गलत प्रचार गरिएको बताएका छन् । प्रतिनिधि सभा विघटनका विषयमा विचारधीन मुद्धा भएकै अवस्थामा न्यायालयलाई प्रभावित गर्ने गरि चार जना न्यायाधीशसँग भेटेको भन्ने समाचार गलत भएको दाबी गरेका छन् ।
शनिबार प्रधानमन्त्री ओलीले ओली समूहको प्रदेश १ सम्पर्क कमिटीका अगुवा कार्यकर्ता भेलालाई शनिबार सम्बोधन गर्दै,न्यायाधीशहरुलाई भेटेको भए प्रमाण पेश गर्न चुनौती दिए । उनले भने,फलानो फलानो न्यायाधीश प्रधानमन्त्रीकहाँ भेट्न गए । यति बजेदेखि यतिबजेसम्म यो भन्दा ठूलो झुठ, योभन्दा बढी बेइमानी के हुन सक्छ भन्दै प्रश्न गरे ।
प्रधानमन्त्री ओेलीले न्याय प्रणालीमाथिको जनताको विश्वास घटाउनका लागि न्यायप्रणालीमाथि यो गम्भीर प्रहार हो, यो भन्दा घिनलाग्दो के हुनसक्छ भन्दै उहाँहरु यो कुरालाई प्रमाणित गरेर देखाउन सक्नु हुन्छ भन्दै प्रश्न गरेका छन् । ती नाम गरेका न्यायाधीशजीहरुलाई मैले सायद कहिले पनि भेटेको छैन उनले भने ।
मैले निर्णय गर्दा सपना प्रधान मल्ललाई भेटेको थिएँ । सर्वोच्चको न्यायाधीश हुनुभन्दा अगाडि वकिल भएको बेला । यस्तै कार्यक्रममा देखेको हुँ । अरु न्यायाधीशहरुलाई देखेको पनि छैन । सायद चिनेको पनि छैन उनले भने ।