शनिबार, असोज १५, २०७९

थप ६ जना कोरोना संक्रमितको मृत्यु

फ्ल्यासन्युज नेपाल२०७७ माघ ३ गते १९:००

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ सय ४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप २ सय ४० जनामा कोरोना पुष्टि भएको हो।

हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६७ हजार ५६ पुगेको छ। कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ९ सय ५४ पुगेको छ।

पछिल्लो २४ घण्टामा ४ सय ७७ जना निको भएर फर्किएका छन्। कोरोनाबाट निको हुनेको कुल संख्या २ लाख ६१ हजार ४४ पुगेको छ।

तपाइँको प्रतिक्रिया