शुक्रबार, असोज २१, २०७९

आपतकालिन प्रयोगका लागि नेपालमा ‘कोभिसिल्ड’ खोपले पायो अनुमति

फ्ल्यासन्युज नेपाल२०७७ माघ २ गते १७:०४

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस विरुद्धका लागि नेपालमा कोभिसिल्ड खोपले अनुमति पाएको छ । शुक्रबार औषधी व्यवस्था विभागले कोभिड १९ खोपको लागि आपतकालिन अनुमति प्राप्त गरेको जनाएको छ ।

विभागले एक प्रेस विज्ञप्ति जारी गर्दै हुकुम डिस्ट्रिब्युटर्स एन्ड लजिस्टिक प्रालीले दर्ता गरेर ल्याउन लागेको जनाएको छ । कोभिड–१९ खोपको आपत्कालीन प्रयोगका लागि दर्ता गर्दा नेपाल सरकारबाट स्वीकृत भएको औषधि वा खोपको आपतकालीन प्रयोग सम्बन्धी संहिता, २०७७ र ‘कोभिड–१९ विरुद्ध प्रयोग हुने खोपको प्राप्ति र प्रयोग सम्बन्धी’ अवधारणापत्रलाई आधार मान्ने विभागले अनुमति प्रदान गरेको छ ।

हेर्नुहाेस् विज्ञप्ति

 

तपाइँको प्रतिक्रिया