मंगलबार, असोज ११, २०७९

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता

फ्ल्यासन्युज नेपाल२०७७ माघ २ गते ११:५०

काठमाडौं । परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र भारतीय समकक्षी  एस जयशंकरबीच भेटवार्ता सुरु भएको छ । शुक्रबार नयाँदिल्लीस्थित हैदरावाद हाउसमा केही बेरअघि भेटवार्ता सुरु भएको हो ।

विदेशमन्त्रीबीचको भेटवार्तामा परराष्ट्र सचिव भरतराज पौड्याल, भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य, भारतीय विदेशसचिव हर्षवर्धन शृङ्गलालगायतका व्यक्ति रहेका छन् ।

छलफलमा दुई देशबीचको आपसी सम्बन्ध, सीमा, व्यापार, ऊर्जा, कनेक्टिभिटिलगायतका विषयमा छलफलमा हुने बताइएको छ । त्यसैगरी बैठकमा दुई देशबीचका दुई दर्जनभन्दा बढी संयन्त्रहरुमा हालसम्म भएका सहमति र नसुल्झेका विषयमा समेत समीक्षा हुने जनाइएको छ ।

तपाइँको प्रतिक्रिया