सुनको भाउ एकैदिन ८ सयले घट्यो
फ्ल्यासन्युज नेपाल२०७७ माघ १ गते १२:१३
काठमाडौं । सुनको भाउ आज एकैदिन ८ सय रुपैयाँले घटेको छ । बिहिबार सुनको भाउ तोलामा ९२ हजार एक सय रुपैयाँ निर्धारण गरिएको छ । यो हिजोको मूल्यभन्दा ८ सय रुपैयाँ सस्तो हो ।
हिजो तोलामा सुन ९२ हजार ९ सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउमा उतारचढाव देखिएकाले नेपाली बजारमा पनि सुनको भाउमा घटबढ भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, आज चाँदीको भाउ तोलामा १२ सय ४५ रुपैयाँ छ । हिजो चाँदी तोलामा १२ सय ६० रुपैयाँ थियो ।