नेकपाको विवाद हेरिरहेका निर्वाचन आयोगका सहसचिवको सरुवा
फ्ल्यासन्युज नेपाल२०७७ माघ १ गते १०:५९
काठमाडौं । विभाजित नेकपाको विवाद हेरिरहेका निर्वाचन आयोगका सहसचिवको सरुवा गरिएको छ । नेकपाको विवाद हेरिरहेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आयोगको कानुन महाशाखा प्रमुख रहेका सहसचिव लक्ष्मीप्रसाद गौतमको सरूवा गरेको हो।
दश महिनादेखि उक्त महाशाखामा कार्यरत गौतमले राजनीतिक दलको दर्ता, नीति नियमदेखि विवाद निरूपणको काम हेरिरहेका थिए। पछिल्लो समय नेकपाको विवाद पनि उक्त महाशाखाले हेरिरहेको थियो।
गौतमको ठाउँमा गृह मन्त्रालयका सहसचिव पुष्कर सापकोटालाई पठाइएको छ। सरूवापछि गौतम शुक्रबार आयोगबाट बिदा हुँदै छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ। दुबै पक्षले आफू आधिकारिक भएको दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन्।