शुक्रबार, जेठ २६, २०८०

काठमाडौंको भद्रकालीमा बस पल्टिँदा दुई जना घाइते

फ्ल्यासन्युज नेपाल२०७७ माघ १ गते १०:४०

काठमाडौं । काठमाडौंको भद्रकालीमा बस दुर्घटना भएको छ । बा ३ ख ४४३७ नम्बरको एक यात्रुवाहक बस भद्रकालीको आकासे पुल नजिकै सडकमै पल्टिएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाकाअनुसार बसमा तीन जना मात्रै थिए ।

दुर्घटनामा चालकसहित एक बच्चा घाइते छन् । घाइतेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । बसमा रहेका अर्का एक व्यक्ति भने सम्पर्कमा नभएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तपाइँको प्रतिक्रिया