सोमबार, चैत १३, २०७९

सभापति देउवाद्वारा माघे संक्रान्तिको शुभकामना

फ्ल्यासन्युज नेपाल२०७७ माघ १ गते १०:३०

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माघे संक्रान्तिका अवसरमा सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न यस पर्वले सबैलाई प्रेरित गर्न सकोस् भन्दै शुभकामना व्यक्त गरेका छन् ।

उनले आज एक विज्ञप्तिमार्फत प्राचीनकाल देखि विभिन्न जातजातिको बसोवासको संगमस्थलका रूपमा रहेको नेपालमा विभिन्न भाषा, धर्म, संस्कृति र चाँडपर्वको आफ्नो विशिष्ट पहिचान रहेको तथा एकले अर्काको संस्कृतिलाई आदर र सम्मान गर्ने आफ्नै परम्परा रहको उल्लेख गरेका छन् ।

उनले भौगोलिक, जातीय र सांस्कृतिक विविधतामा रहेको हाम्रो देशमा मनाइने यो पर्वले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै सामाजिक सद्भाव बढाउन महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताएका छन् ।

हेर्नुहाेस् विज्ञप्ति

तपाइँको प्रतिक्रिया