शुक्रबार, असोज १४, २०७९

कानूनका विद्यार्थीद्वारा प्रधानमन्त्री ओलीलाई संविधान पढ्न आग्रह

फ्ल्यासन्युज नेपाल२०७७ माघ १ गते ९:१६

काठमाडौं । नेपाल ल क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान पढ्न आग्रह गरेका छन् । बुधबार संविधान विघटनको विषयमा दाहाल नेपाल समूहको अनेरास्ववियूले ल क्याम्पसमा गरेको कार्यक्रममा उनीहरुले संविधान पढ्नका लागि नेपाल ल क्याम्पस आउन आग्रह गरेका हुन् ।

दाहाल नेपाल समूह निकटअनेरास्ववियू नेपाल ल क्याम्पस कमिटिले आयोजना गरेको संविधान बाचन कार्यक्रममा हातमा संविधान बोकेर कालो कोटको पहिरनमा सहभागी विद्यार्थीहरुले संविधानको मर्म विपरित गरिएको संसद बिघटनले प्रधानमन्त्रीको संविधानप्रतिको ज्ञान उदाङ्गिएको कारण आफुहरुसँग आएर संविधान अध्ययन गर्न प्रधानमन्त्रीलाई चुनौती दिएको अनेरास्ववियूका नेता एवम् अधिवक्ता अनोज कार्कीले जानकारी दिए ।

कार्यक्रममा अधिवक्ता समेत रहेका नेकपा केन्द्रीय सदस्य एवम् ३ नम्बर प्रदेश सभाको संसद रचना खड्काले प्रधानमन्त्रीको कदमलाई शाही सत्ताको एक झिल्कोको रुपमा चित्रित गरिन् । उनले संबैधानिक राजतन्त्रको वकालत गर्नेहरुले अहिले प्रधानमन्त्रीको कु को पक्षमा अदालतमा वहस गर्दै गरेको कुरा तर्फ इगिंत गर्दै प्रधानमन्त्रीले देश कता लैजान लाग्दै हुनुहुन्छ भनेर प्रमाणित भएको बताएकी छिन् ।

कार्यक्रममा अनेरास्ववियूका नेताहरु रन्जित तामाङ, सुदेश पराजुली, तिलक भण्डारी लगायतले आफ्नो धारणा राखेका थिए । आर आर क्याम्पसका स्ववियु सभापती एवम् अनेरास्ववियू केन्द्रीय सदस्य तपेन्द्र जङ्ग शाही, अनेरास्ववियू केन्द्रीय सदस्यहरु महेश श्रेष्ठ, अशोक थापा लगायतको उपस्थिती रहेको उक्त कार्यक्रम अनेरास्ववियू नेपाल ल क्याम्पसका नेता विशेष शर्मा सुवेदिको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको थियो । नेपाल ल क्याम्पसका अनेरास्ववीयूका नेता बिष्णु ढुङ्गेलले सञ्चालनमा गरेको उक्त कार्यक्रमको सहजीकरण वसन्त जोशी, कैलाश तामाङ, प्रतीक कार्की, समीर रिजाल लगायतले गरेका थिए।

बिदाको दिन समेत प्रधानमन्त्रीको असंवैधानिक कुको विरुद्ध कानुनी विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । प्रधानमन्त्री ओलीले संविधानको गलत व्याख्या गरेर प्रतिनिधि सधा विघटन गर्नु संविधान संविधानको मर्म विपरित रहेको अनेरास्ववियू नेपाल ल क्याम्पसका नेता एवम्नेपाल ल क्याम्पसमा एल एल बी दोस्रो पर्षमा अध्ययनरत बिद्यार्थी निराजन थापाले बताए ।

तपाइँको प्रतिक्रिया