भारतको इसारामा ओलीले संसद विघटन गरे- प्रचण्ड
काठमाडौं । विभाजित दल दाहाल नेपाल नेकपा समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधामन्त्री केपी शर्मा ओली भारतको भक्त भएको आरोप लगाएका छन् । ओलीले भारतले भनेर नै संसद विघटन गरेको दावी गरे ।
बुधबार दाहाल नेपाल समूहको काठमाडौं जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै प्रचण्डले ओलीलाई विदेशीले मन्त्र सुनाएको बताए । सारमा ओलीले नै भारतले मलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको र त्यसमा पार्टीका नेताहरु लागेको भनेर भनेको स्मरण गर्दै उनले भने, ‘हामीले हटाएनौं त्यतिबेला । भारतले भन्दैमा हटाउने हो र भनेर हामीले हटाएनौं ।’
अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीले भारतीय न्यूज च्यानललाई दिएको अन्तर्वार्ता पनि नाटक भएको बताएका छन् । उहाँलाई लोकतन्त्र, राष्ट्रप्रति अलिकति पनि जिम्मेवारीबोध भएको भए, अहिले त देखिएको छ, विदेशी शक्ति केन्द्र आएर के के मन्त्र सुनाए, उहाँले त्यो मन्त्र सुन्नु भयो, दाहालले भने,अस्ति भर्खर हेर्नु भयो जी न्यूजको अन्तर्वार्ता । उहाँले त्यो बोलाएको, त्यो पनि नाटकै हो । नाटक हो भन्ने कुराको पट्टाक्षेप भइसक्यो । जी न्यूजले नाम फेर्न रे त्यही जी न्यूजले ।’