मंगलबार, जेठ १६, २०८०

अवैध भरूवा बन्दुक सहित तीन जना पक्राउ

फ्ल्यासन्युज नेपाल२०७७ पुष २९ गते ११:३९

बाजुरा।अवैध भरुवा बन्दुक सहित तीन जना पक्राउ परेका छन् । पुस २७ गते गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट बाजुराको टोलीले जिल्ला बाजुरा बडिमालिका नगरपालिका-३ रजाली बस्ने ४५ वर्षीय नन्द ल्वारको घरबाट एक नाले भरुवा बन्दुक (लोड गरेको), गोली २२ राउण्ड फलामको बन्दुकको नाल थान १ र बारुद २ डिब्बा बरामद गरेको छ ।

त्यस्तै सोहि ठाउँका ४० वर्षीय को बिरभाने ल्वारको छानोबाट एक नाले भरुवा बन्दुक (लोड गरेको) गोली १७ राउण्ड र बारुद २ डिब्बा बरामद गरेकाे छ । साथै ३० वर्षीय बल बहादुर् थापाको घरबाट एक नाले भरुवा बन्दुक, पुरानो भरुवा बन्दुकको चाप फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

तपाइँको प्रतिक्रिया