जी-न्यूजले भन्यो : भारतले सगरमाथामा आफ्नो दाबी गर्नुपर्छ
फ्ल्यासन्युज नेपाल२०७७ पुष २९ गते १०:३२
कार्यक्रममा उनले विश्वसामु सगरमाथामा आफ्नो दावी भारतले ‘ठोक्नु’ पर्ने बताएका छन् । मंगलबार बेलुका जी न्यूजले सगरमाथामा भारतीय आफ्नो दाबी प्रस्तुत गर्नु पर्ने सामग्री प्रसारण गरेको हो ।
आधारशिविरसम्म पुगेका उनले सगरमाथाको पहिलो पटक उचाइ नाप्ने व्यक्ति भारतका राधानाथ सिकदर भएकाले उनैको नामबाट यसको नामाकरण हुनुपर्ने बताएका हुन् ।
जी न्यूजले प्रशारण गरेको काठमाडौंदेखि सगरमाथाको बेसक्याम्पसम्मको भिडियो डायरीमा यस्तो दावी गरिएको हो । चौधरीसहितको टोली हेलिकप्टरमा सगरमाथाको अवलोकनका लागि गएको हो ।