आइतबार, असोज १६, २०७९

४३० जना कोरोना संक्रमित थपिए, थप ५ जनाको मृत्यु

फ्ल्यासन्युज नेपाल२०७७ पुष २८ गते १६:५६

काठमाडौ । नेपालमा मंगलबार थप ४ सय ३० जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार ६९८ पुगेको छ ।

त्यस्तै मंगलबार थप ३ सय ९० संक्रमित निको भएका छन् । हालसम्म नेपालमा २ लाख ५९ हजार ३५८ जना संक्रमित निको भएका छन् । कोरोनाका कारण थप ५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनका कारण मृत्यु हुनेको संख्या १ हजार ९ सय ३२ पुगेको छ ।

हाल नेपालमा २ सय ३७ जना क्वारेन्टिनमा रहेका छन । अहिले देशभर ४ हजार ४०८ सक्रिय संक्रमित रहेका छन ।

तपाइँको प्रतिक्रिया