आइतबार, चैत १२, २०७९

माधवजी मेरो पक्षमा, म माधवजीको पक्षमा- प्रचण्ड

फ्ल्यासन्युज नेपाल२०७७ पुष २८ गते १६:४०

काठमाडौं । विभाजित दाहाल नेपाल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू माधव पक्षमा समाहित भएको बताएका छन् । आफू र माधव नेपालले ओर्जिनल सहमति गरेको बताएका छन् ।

दाहाल-नेपाल पक्षका कार्यकर्ताहरूको मंगलबार पोखरामा आयोजित भेलालाई सम्बोधन गर्दै दाहालले भने,‘म माधवको पक्षमा गएकै हो । त्यसो भनेर के बिग्रन्छ रु माधवजी मेरो पक्षमा, म माधवजीको पक्षमा । एकता गरेको हो नि हामीले, ओर्जिनल सहमति हो’ ।
उनले प्रधानमन्त्रीको पद प्राप्त गर्नका लागि केपी शर्मा ओलीले जनताको बहुदलीय जनवाद छोड्ने सम्झौतामा सुरुमा हस्ताक्षर गरेको आरोप समेत लगाए ।

उनले भने, केपी ओली र म छलफल गर्दा मदन भण्डारीको भूमिका र जबज छोडेर समाजवाद उन्मुख जनताको जनवाद भन्ने सिद्धान्तमा पहिला हस्ताक्षर गरेको केपी ओलीले नै हो । सबैले त्यसलाई समर्थन गरेर अगाडि बढ्दा पार्टी एकता भयो । आज के देखियो भने उहाँले जबज छोडेको र समाजवाद उन्मुख जनताको बहुदलीय जनवादमा हस्ताक्षर गरेको प्रधानमन्त्री पद प्राप्त गर्नका लागि मात्रै रहेछ ।

साथै माओवादी र एमाले एकीकरणमा वामदेव गौतमको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । उनले वामदेवकै पहलकदमीमा पार्टी एकीकरण अगाडि बढेको स्पष्ट पारे । ‘एकताको प्रस्ताव लिएर म गएको हो, केपी ओली आएको होइन तपाईँहरुलाई प्रष्ट होओस्’उनले भने ।

तपाइँको प्रतिक्रिया