सवारी चालककाे अनलाई आवेदन फारमकाे कोटा सिस्टम हटाइदै
काठमाडौं। सवारी चालक अनुमती पत्र (लाइसेन्स)को अनलाई आवेदन फारम भर्नका लागू गरिएको कोटा सिस्टम हटाइने भएको छ। यसको लागि सर्वरको क्षमता बढाउने, लोड म्यानेजमेन्ट लगायतको काम भइरहेको यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले जानकारी दिए।
हमालका अनुसार,सेवाग्राहीलाई मध्यनजर गर्दै, तयारी पुरा भए बिहिबारदेखी अनलिमिटेड बनाउने र त्यो दिन सम्भव नभए आइतबारदेखि गर्ने जानकारी दिएका छन् । फारम भर्दा एकैपटक धेरैले भरेपनि सिस्टमले वेटिङमा राखेर बायोम्याट्रिकको मिति तोक्ने उनले बताए। सेवाग्राहीबाट फारम भर्न कठिन भएको भन्ने गुनासो धेरै आएका कारणले अनलिमिटेड बनाउन लागेका हमालले जानकारी दिए ।
यातायात व्यवस्था विभागले गत पुस १० गते सूचना जारी गर्दै स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सम्बन्धी मापदण्डहरू पालन गर्ने व्यवस्था गरी १४ गते देखि आवदेन खुला गरेको थियो। आवेदन खुला भएपनि कोटा सिस्टम फारम भर्नेको संङ्ख्या अधिक भएकोले अधिकांस सेवाग्राही फारम भर्नबाट बन्चित थिए।