बिहीबार, मंसिर १५, २०७९

भुटानी शरणार्थी शिविरमा सोमबार साँझ आगलागी हुँदा एक जनाको मृत्यु

फ्ल्यासन्युज नेपाल२०७७ पुष २८ गते ११:२३

झापा । झापाको दमक नगरपालिका तीन बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा सोमबार साँझ आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिविरको सेक्टर डी–फोरअन्तर्गत साठी वर्षीय देशमान राई रहेका छन् ।

बाँसको एक तले छाप्रोभित्र सुतिरहेका राईको जलेर घटनास्थलमै मृत्यु भएको हो । राई प्यारालाइसिसका बिरामी थिए । अचानक आगो लागेकाले राईलाई बचाउन नसकिएको स्थानीयले बताएका छन् ।

घरभित्र रहेका परिवारका अन्य दुई जना सदस्य बाँच्न सफल भएका छन् । आगोमा सुनचादी, नगद तीन लाख र लत्ताकपडा जलेर नष्ट भएका छन् । आगो स्थानीय, सुरक्षाकर्मी र दमकलको सहायतामा नियन्त्रणमा लिइएको थियो ।

तपाइँको प्रतिक्रिया