बिहीबार, जेठ १८, २०८०

कविता – होसियार

फ्ल्यासन्युज नेपाल२०७७ पुष २८ गते ९:१४

सताब्दीदेखिका परिवर्तनहरूले
राजनीतिभित्रका अवसरवादीहरूलाई
अवसर,अराजकता र अर्थवादमा
डुबुल्की मार्न सिकाएछ
सत्ता र शक्ति आर्जन गर्ने
मलजल र माटो मिलाउन मौका दिएको रहेछ

पाटीभित्र इमानदार र क्षमता भएकाहरूलाई
अलि अलि गर्दै पाखा लगाएर
जनजिविका र विकासका बजेट
छरछार पर्दै च्याट पार्न
राम्रैसगँ सिकाएछ

अनेकौं बहाना बनाएर
कार्यकर्ता नअल्मल्याए
परिवर्तनका मुद्दाहरू ओझेल
पार्दै धन कुम्ल्याउन,पद हत्याउन
कहाँ पाइन्थ्यो र !

सर्वसत्तावादको खोल नओडी
प्रजातान्त्रिक व्यवस्था नधुल्याइ
गणतन्त्रको कित्तामा राजतन्त्र नमिसाइ
परिवर्तन देखाउन
कहाँ सकिन्थ्यो र !

बेलाबेला अर्काका कार्यकर्ता नचोरी
मौका पर्दा अर्को पाटी नफोरी
ऐन,कानुनमा टुसा नउमारी
माथि र तलको मेसो नमिलाइ
दल,बदल र आफुले शक्ति आर्जन गर्न
कहाँ सकिन्थ्यो र !

राजनीतिले नीति र विधि बिर्सेछि
नेताले कार्यकर्ता भन्दा सन्तान भित्र्याएछी
सम्याउने भन्दा सम्झाउनेको संख्या बढी भएछी
दल नफोरेर हाडी फोर्ने त ?
प्रश्न गर्नेलाई पनि
स्पष्टीकरण आउन सक्छ !
मित्रलाई भित्र नदेखेपछि
जेल र नेल पनि व्यहोर्नुपर्ने हुन सक्छ !

सत्य भए पनि नभए पनि
ललिता निवास ब्युझन सक्छ
शान्ति सम्झौता भत्कन सक्छ
दरबार हत्याकाण्ड फर्कन सक्छ
जनताको ढाड सेकिन सक्छ
अनाहकमा मुद्दा फर्कन सक्छ
गणतन्त्रमा धावा बोलिन सक्छ
होस मै बहोस पारिन सक्छ
त्यसैले त होसियार !
भनेर सबैले चनाखो हुनैपर्छ ।

तपाइँको प्रतिक्रिया