बुधबार, चैत ८, २०७९

थप १० जनाको कोरोना संक्रमितको मृत्यु

फ्ल्यासन्युज नेपाल२०७७ पुष २७ गते १७:२८

काठमाडौ । नेपालमा सोमबार थप ४ सय ८८ जनामा कोरोना पुष्टि भएको छ । ५ हजार ३ सय नौ नमूना परीक्षण गर्दा २ सय ९६ पुरुष र १ सय ९२ महिलामा संक्रमण पुष्टि भएको हो ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार २६८ पुगेको छ । काठमाडौं उपत्यकामा थप ३ सय १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंमा २ सय ३०, ललितपुरमा ६९ र भक्तपुरमा १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । प्रदेश एकमा १९, प्रदेश दुईमा चार, बाग्मतीमा ३ सय ५६, गण्डकीमा ४४ लुम्बिनीमा ५६ र सुदुरपश्चिममा नै जनामा कोरोना संक्रमित थपिएका छन् ।

अहिले देशभर चार हजार ३ सय ७३ सक्रिय संक्रमित रहेका छन तिमध्ये ३ हजार १ सय ४३ संस्थागत आइसोलेसनमा रहेका छन । होम आइसोलेसनमा रहनेको संख्या १ हजार २ सय ३० रहेको छ । त्यस्तै १ सय ६३ जनाको आईसीयु र ३७ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ । त्यस्तै थप ५ सय २७ संक्रमित निको भएका छन् । हालसम्म नेपालमा दुई लाख ५८ हजार ९ सय ६८ जना संक्रमित निको भएका छन् । कोरोना संक्रमणमुक्त हुनेको संख्या ९७ दशमलब छ प्रतिशत रहेको छ ।

हाल नेपालमा २ सय ३७ जना क्वारेन्टिनमा रहेका छन । हालसम्म नेपालमा १९ लाख ८७ हजार ५ सय ५५ वटा पिसिआर नमूना परीक्षण गरिएको छ । त्यस्तै कोरोनाका कारण थप १० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनका कारण मृत्यु हुनेको संख्या १ हजार ९ सय २७ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या शुन्य दशमलब सात तीन प्रतिशत मात्रै रहेको छ ।

तपाइँको प्रतिक्रिया